20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

लिभरपुलले चखायो सिटीलाई सिजनको पहिलो हार

समाचारअन्तर्राष्ट्रियलिभरपुलले चखायो सिटीलाई सिजनको पहिलो हार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले सिजनकै पहिलो हार व्यहोरेको छ ।

आइतबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले लिग लिडर सिटीलाई ४–३ गोल अन्तरले हराएको हो ।

 

एनफिल्डमा भएको खेलमा लिभरपुलले दोस्रो हाफमा ८ मिनेटभित्र तीन गोल गरेको थियो भने खेलमा फर्कने प्रयासमा सिटीले अन्तिम ६ मिनेटभित्र दुई गोल गरेको थियो ।

फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा बेचेपछि लिभरपुलले पहिलो खेल नै त्यस्तो टिमसँग खेल्दै थियो, जसले सिजनमा घरेलु लिगमा हार व्यहोरकै थिएन ।

लिभरपुलका समर्थकलाई चिन्ता थियो कि काउटिन्होको अनुपस्थितिमा क्लोप र उनको टिमले कसरी खेल्ला ? किनकी लिभरपुलको गोल र गोल गर्ने अबसर सृजना दुबैको केन्द्रमा काउटिन्हो नै थिए। तर, पहिलो प्रतिक्रिया रोचक रह्यो ।

ओक्सलेड चम्बेर्लेनले आफूलाई स्थापित गर्ने मौका पाए र नवौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । सानेले ४० औं मिनेटमा गोल गरे र पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

दोस्रो हाफमा लिभरपुल हावी भयो । फिर्मिनोले ५९ औं मिनेटमा गोल गरे भने ६१ औं मिनेटमा माने र ६८ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई ४–० को अग्रता दिलाए ।

तर, सिटीले खेलमा फर्कने प्रयास जारी राख्यो । ८४ औं मिनेटमा बनान्डो सिल्भाले गोल गरे भने इन्जुरी टाइममा गुन्डोगोनले गोल गरे । तर, टिमको हार टार्न सकेनन् ।

हारका बाबजुद सिटी १५ अंकको अग्रताका साथ लिगको शीर्ष स्थानमा छ । लिभरपुल ४७ अंकका साथ तेस्रो स्थानमा छ ।

3.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles