21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

राजनीतिक दल जिम्मेवार हुनुपर्छ : अध्यक्ष थापा

मुख्य समाचारराजनीतिक दल जिम्मेवार हुनुपर्छ : अध्यक्ष थापा

हेटौँडा, १३ असार ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय अखण्डता, संविधान कार्यान्वयनमाथि आईपरेको चुनौतीको सामना गर्न जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।
अध्यक्ष थापाले आज हेटौँडामा राप्रपा मकवानपुरले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले संविधान कार्यान्वयन गर्न आगामी माघ ७ गतेसम्म प्रदेश र केन्द्रको चुनाव सम्पन्न गरी तराईमा देखिएको समस्यालाई निष्पक्ष र व्यावहारिक रुपमा निकास दिन प्रमुख दल नै एक ढिक्का हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा राष्ट्रवादी शक्तिलाई कमजोर पार्न बाह्यशक्तिको चलखेल बढेकामा चिन्ता व्यक्त गर्दै राजनीतिक दल ध्रुवीकरणमा होइन जनतालाई केन्द्रविन्दु बनाएर आर्थिक समृद्धितर्फ ध्यान केन्द्रित गर्नुपर्दछ भन्नुभयो ।

1.2kViews

Check out our other content

Check out other tags:

Most Popular Articles