17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ

मुख्य समाचारभरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ

काठमाडौँ, १३ असार ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३ गतेका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भरतपुरमा च्यातिएका मतपत्रसहित अन्य कागजपत्र अदालतमा आइपुगेकाले यही असार २३ गतेका लागि पेसी तोकिएको जानकारी दिनुभयो । सर्वोच्च अदालतको आदेशबमोजिम च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, मतगणना स्थगन गर्ने मुख्य निर्वाचन कार्यालयको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन पनि अदालतमा पेस गरिएको छ ।
कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले यही असार ६ गते च्यातिएका मतपत्र, निर्वाचन आयोगका पुनः मतदान गराउने निर्णयलगायतको आवश्यक कागजपत्र एक हप्ताभित्र अदालतमा पठाउन आदेश जारी गरेको थियो । गत जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना स्थगित भएको भएको थियो ।
मतपत्र च्यातिएपछि निर्वाचन आयोगले गरेको पुनःमतदानको निर्णयविरुद्ध भरतपुर महानगरपालिका–१९ का वडा सदस्यका उम्मेदवारसमेत रहेका गुन्जमान विकले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रासस

720Views

Check out our other content

Check out other tags:

Most Popular Articles