21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

प्रतिपक्षको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

मुख्य समाचारप्रतिपक्षको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

भक्तपुर, ११ असार ।

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सहमतिमा नै संविधान संशोधन हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस भक्तपुरका नेता राधेश्याम जोन्छेको पाँचौँ स्मृति सभालाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधान संशोधनका विषयमा सबै राजनीतिक दलसँग छलफल भइरहेको र सहमतिमै संविधान संशोधन गरिने बताउनुभयो ।
आगामी १४ गते हुन लागिरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने विश्वास गर्दै श्रेष्ठले आन्दोलनमा रहेको भनिएको राजपा पनि निर्वाचन सम्पन्न होस् भन्ने मनसायमै रहेको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले भक्तपुरमा हार व्यहोर्नुपरेकाले अबका दिनमा पार्टीलाई सशक्त बनाउन टोलदेखि जिल्ला तहसम्म सङ्गठन विस्तारका लागि अहिलेबाटै लागिपर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा भक्तपुरका चारजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरिनुका साथै प्रतिष्ठानको आयोजनामा सञ्चालित कुक तथा होटल व्यवस्थापन तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । रासस

615Views

Check out our other content

Check out other tags:

Most Popular Articles