18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था

मुख्य समाचारनिर्वाचनका लागि कडा सुरक्षा व्यवस्था

धनगढी, ४ असार ।

शान्तिपूर्ण र भयरहित वातावरणमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गराउन कैलाली जिल्लामा सुरक्षा व्यवस्था सुदृढ पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लाका सबै १३ स्थानीय तहमा यही १४ गते हुने निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था सुदृढ पारिएको बताउनुभयो ।
“निर्वाचन सुरक्षा योजनाअन्तर्गत १३ वटै स्थानीय तहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको छुट्टाछुट्टै सुरक्षा बेस स्थापना गरिएको छ, प्रजिअ रिजालले भन्नुभयो – सुरक्षा स्थितिको विश्लेषण गर्दै अगाडि बढ्ने तयारी गरिएको छ ।”
निर्वाचनको सुरक्षाका लागि थप सुरक्षाकर्मी आवश्यक पर्ने भएपछि दुई महिनाअघि नै जिल्लामा एक हजार ५३७ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।
निर्वाचनको प्रयोजनका लागि जिल्लामा स्थापना गरिएका कुल २३१ मतदानस्थलमध्ये पहाडी क्षेत्रका साथै टीकापुर र आसपासका ८६ वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा हेरिएको छ । यस्तै ८३ मतदानस्थललाई संवेदनशील र ६२ लाई सामान्य मतदानस्थलका रुपमा हेरिएको छ ।
जिल्लामा एक उपमहानगरपालिका (धनगढी), छ नगरपालिका र छवटा गाउँपालिका गरी १३ वटा स्थानीय तहहरु रहेका छन् ।
प्रजिअ रिजालले १० गतेसम्म सबै मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षाको व्यवस्थापन मिलाइएको बताउनुभयो ।
निर्वाचनको विरोध गरिरहेको ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी, दक्षिणमा रहेको खुला सिमाना, हालै गठन भएको राष्ट्रिय जनता पार्टीको चुनाव विरोधी गतिविधिका कारण जिल्लामा केही चुनौती रहेको सुरक्षा अधिकारी बताउँछन् ।
यद्यपि जिल्लामा राष्ट्रिय जनता पार्टीको सङ्गठन, प्रभाव र क्रियाशीलता भने न्यून छ । रासस

5.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles