काठमाडौ, १४ असार
दोस्रो चरणको स्थानिय तहको निर्वाचन आज भइरहेको छ । असार १४ गते तोकिएको मितीअनुसार आज देशका तीन प्रदेश ( प्रदेश नं १, ५ र ७ मा ३३४ स्थानीय तहको निर्वाचन भइरहेको छ ।
यस निर्वाचनअन्तर्गत तीन प्रदेशका ३५ जिल्लाका ६४ लाख ३२ हजार ७६५ मतदाताले आफ्ना १५ हजार ३८ जनप्रतिनिधि छान्नेछन् । आज भइरहेको चुनाव एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुन लागेको छ । निर्वाचन तीन प्रदेशका चार हजार ५८१ मतदानस्थलका आठ हजार ३६४ मतदान केन्द्रमा भइरहेको छ ।
आज भइरहेको चुनाव प्रदेश नं १ मा मेची, कोसी र सगरमाथाका केही जिल्ला, प्रदेश नं ५ मा राप्ती, लुम्बिनी र भेरीका केही जिल्ला तथा प्रदेश नं ७ मा सेती र महाकाली अञ्चलका जिल्लामा हुन लागेको हो ।
यस निर्वाचनमा ४७ संस्थाका सात हजार ८९ पर्यवेक्षकलाई पर्यवेक्षण अनुमति दिइएको छ भने कूटनीतिक नियोगका सदस्यहरुलाई पूर्वका विराटनगर र धनकुटा, पश्चिमाञ्चलका भैरहवा र पाल्पा तथा सुदूर पश्चिमाञ्चलका धनगढी र डडेल्धुरामा अवलोकन भ्रमण गराइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पुर्वघोषित मितीमै भएको भएपनी केही स्थानिय तहमा पानी परेकाले मतदाताहरु समस्यमा परेका छन् । यस अघी पहिलो चरणको निर्वाचन अन्तरगत बैसाख ३१ गते प्रदेश नं ३,४ र ६ का २८३ तहका ३४ जिल्लाका ४९ लाख ५६ हजार ९२५ मतदाताले १३ हजार ५५६ जनप्रतिनिधिलाइ मतदान गरेका थिए । यस्तै अब तेस्रो चरणको निर्वाचन अन्तरगत प्रदेश नं २ का ८ जिल्लामा भने असोज २ गते निर्वाचन मिती तोकिएको छ । यता निर्वाचनको समयमा पानी पर्दा पुर्वी भेगमा भने ातदानमा असहज भएको छ । पानी परीरहेको भएपनी मतदाताहरु छाता ओडेरै निर्वाचनमा सहभागी भएका छन् । अहिलेसम्म निर्वाचन भइरहेका स्थानमा सान्तिपुर्ण मतदान भैरहेको र कुनै अप्रिय घटना नभएको निर्वाचन आयोगले जनाएको छ ।
तस्बिर पत्रकार श्यामसुन्दर पुडासैनीको फेसबुकबाट