सुजन प्रेमी
चितवन ९ फागुन
चितवनका सम्पुर्ण बिद्युत ब्यवसायीहरुको छाता संगठन, बिद्युत ब्यवसायी संघ चितवनको सातौ साधारणसभा तथा चौथो अधिवेसन आज (सोमबार) सम्पन्न हुदै छ । चितवन फुडमार्ट पार्टी प्यालेसमा हुन लागेको कार्यक्रममा आज मतदान, मतगणना र मतपरिणाम सार्वजनीक गरि नवनिर्वाचित पदाधिकारीहरुलाई आजै (सोमबार) सपथ ग्रहण गरिने साधारणसभा तयारी समितीका संयोजक भरत प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
फागुन ६ गतेदेखी साधारणसभा तथा अधिवेसनको तयारी गरेतापनी बिभिन्न चरण पार गरि आज(सोमबार) मतदान संगै समापन गरिने छ । नयाँ कार्यसमितीको लागी अध्यक्षमा शशिधर जैसी लामिछाने, प्रथम उपाध्यक्षमा भरत प्रसाद लामिछाने,द्धितिय उपाध्यक्षमा डोलराम न्योपाने, तृतिय उपाध्यक्षमा नवराज सुवेदी,कोषाध्यक्षमा बिष्णस प्रसाद चालिसे,सहकोषाध्यक्षमा गोर्ख प्रसाद सापकोटा,सचिवमा बिकाह थापा र अविनास श्रेष्ठ, सहसचिवमा कृष्ण सुवेदी र कार्यसमिती सदस्यका लागी परमेश्वर भट्टराई,ओम प्रसाद अंगाई, सुरज राणा, कासिनाथ सापकोटा, राजेस गौतम र प्रितम सापकोटाको उम्मेदवारी दर्ता भएको छ ।