17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

आँखा बैंक सञ्चालन गर्ने तयारी सुरु

मुख्य समाचारआँखा बैंक सञ्चालन गर्ने तयारी सुरु

चितवन,११ जेठ 

भरतपुरमा आँखा बैंक सञ्चालन गर्ने तयारी सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आँखा बैंक सञ्चालन गर्न दाताको खोजी सुरु भएको छ । आँखाको नानी ९कोर्निया० दृष्टिविहीन भएकालाई दृष्टि प्रदान गर्ने लक्ष्यसहित आँखा बैंक सञ्चालन गर्न लागिएको हो । आँखाको नानीमा फुलो पर्न गई दृष्टि गुमेका व्यक्तिलाई दाताबाट प्राप्त भएका सफा आँखाको कोर्निया आवश्यकता अनुसार काटेर प्रत्यारोपरण गरिने छ । नेपाल नेत्र ज्योति संघ चितवनका अध्यक्ष चिजकुमार मास्केले नेपाल आँखा बैंक तिलगंगा आँखा अस्पतालसँग समन्वय गरि आँखा बैंक सञ्चालन गर्न प्रक्रिय अघि बढाइएको जानकारी दिए । “उपकरण र कर्मचारीका लागि बजेट अपुग छ”, उनले भने, “सहयोग प्राप्त हुनासाथ बैंक सञ्चालन हुनेछ ।” केही दाताहरु सम्पर्कमा आइसकेकाले करिब दुई महिनाभित्र आँखा बैंक स्थापना हुने उनले बताए । व्यक्तिगत वा सामुहिक तथा संस्थागतरुपमा मरणोपरान्त आँखाको नानीदान गराउन अभियानका रुपमा अघि लैजाने योजनामा अस्पताल लागिपरेको बताए ।

5.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles