20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

मुख्य समाचारअवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

चितवन, ११ असार ।

गएरातीदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक केही समय अगाडीदेखी एकतर्फी खुलेको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनबाट एक किलोमिटर भरतपुर तर्फ खसेको पहिरो केही मात्रामा पन्छ्याएपछि बाटो एकतर्फी मात्र खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँले हाललाइ एकतर्फि सञ्चालन गरि यात्रुहरुलाइ सहज बनाइएको र बाटो दुई तर्फी खुलाउनका लागि प्रयास भईरहेको बताउनुभयो । गएराती देखी नै सो सडक खण्डमा हजारौं सवारी साधनहरु रोकिएका भएपनी प्रहरीले डोजर लगाएर विहान साँडे ८ बजेबाट मात्र बाटो एकतर्फी खुलाउन सफल भएको थियो । केहीदिन यता नारायणगढ–मुग्लिन सडक खण्डमा लगातार पहिरो खस्न थालेपछि यात्रुहरु समस्यामा पर्ने गरेका छन् । पहिरो खसेर बाटो अवरुद्ध भइरहने भएपछी प्रहरीले यात्रुहरुलाई वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरेको छ ।

765Views

Check out our other content

Check out other tags:

Most Popular Articles