Monday, September 28, 2020

सकारात्मक चिन्तनले समाजलाई सत्मार्गमा लैजानुपर्छ ः सभामुख महरा

काठमाडौं, २५ साउन । सभामुख कृष्णबहादुर महराले सकारात्मक चिन्तनमार्फत् राजनीतिज्ञले समाजलाई सत्मार्गमा लैजानुपर्ने बताउनुभएको छ ।

शुक्रबार (आज) काठमाडौंमा आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो ।

संघीय संसद तथा प्रदेश सभाका सांसदहरु तथा राजनीतिक दलका नेताहरु सहभागी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले आफूले प्राप्त गरेका सकारात्मक ज्ञानलाई जीवन व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो ।

‘‘राजनीतिज्ञहरु जड हुनुहुँदैन, सबैखाले विचारहरुलाई ग्रहण गर्नुपर्दछ ।’ उहाँले भन्नुभयो, ‘सकारात्मक चीजलाई ग्रहण गर्दै समाजमा स्थापित गर्ने र नकारात्मक पक्षलाई हटाउने आँट गर्नुपर्दछ ।’

आफू भौतिकवादमा विश्वास गर्ने व्यक्ति भएको बताउँदै सभामुख महराले अध्यात्मिक चेतनाले पनि सकारात्मक चिन्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । ईश्वरीय विश्वविद्यालयमार्फत् सकारात्मक चिन्तनपद्धतिको राम्रो विकास भइरहेको चर्चा गर्नुहुँदै सभामुख महराले राजनीतिज्ञहरुले आफूले प्राप्त गरेको ज्ञान राष्ट्र सेवामा लगाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादव, ओम शान्ति रिट्रिटका निर्देशक ब्रह्माकुमारी आशा दिदीलगायतले बोल्नुभएको थियो ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares