विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Breaking News: दिल्लीमा उपचाररत नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दिल्लीमा उपचाररत नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काको निधन भएको छ ।

खड्का दिल्लीमा स्थित अपोलो हस्पिटल मा उपचाररत थिए।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। अघिल्लो महिना उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो। केही समय थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका खड्कालाई थप उपचारका लागि फागुन ६ गते नयाँदिल्ली लगिएको थियो।

पूर्व गृहमन्त्रीसमेत रहेका खड्का २०४८ देखि २०५८ सालसम्म ८ पटक मन्त्री भएका थिए। खड्का २०४८, ०५१ र ०५६ मा तीन पटक दाङबाट प्रतिनिधिसभाको सदस्य भएका थिए।

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...