विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

शुक्रबार भनेकाे कलंकी अण्डरपास संचालनमा आउन अझै ४ दिन लाग्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं, १ भदौ । चक्रपथ सडक सुधार आयोजनाका अन्तर्गत निर्माण गरिएको काठमाण्डौंको कलंकी अण्डरपास आजदेखि सञ्चालनमा आउने भनिए पनि संचालनमा आएको छैन । सेप्टीको कामहरु पुरा नभएको र ब्यारीयर लगाउन अझै बाकी भएका कारण अन्डरपास संचालनमा आउन अझै ३÷४ दिन लाग्ने इन्जिनियर प्रकाश भण्डारीले बताए । मौसमका कारणले पनि काममा ढिलाइ भएको उनले बताए ।सम्पुण काम सकेर ह्यान्डओभर गरीसकेपछि मात्र अन्डरपास संचालनमा आउनेछ । संचालनका लागि कुनै औपचारी कार्यक्रम गरि उदेघाटन नगर्ने इन्जिनियर भण्डारीले बताए ।

facebook boost

चीन सरकारको सहयोगमा निर्माण गरिएको यो परियोजना अन्र्तगतको यो देशकै पहिलो ८०० मिटर लामो यो अन्डरपास हो । जसका लागि चीनले अहिलेसम्म करिब ५ अर्ब रुपैँया दिएको छ । चार लेनको अण्डरपासले कलंकीको ट्राफिक जामको समस्या कम हुने बताइएको छ । कलंकीमा उपत्यकाबाहिरबाट सवारीसाधन समेत भित्रने र बाहिरिने कारण ठूलो ट्राफिक जामको समस्या रहँदै आएको थियो । नागढुंगाबाट काठमाडौ भित्रने र काठमाडौं छाड्ने सबै सवारी साधन कलंकी हुँदै जाने आउने गर्छन ।

अण्डरपास निर्माण भएपछि चक्रपथमा गुड्ने सवारी साधनहरु काठमाडौं भित्रने र बाहिरिने सवारी साधनका कारण अवरोधमा पर्नुपर्दैन । कलंकीबाट दैनिक ८०० भन्दा बढी सवारीसाधन उपत्यकामा भित्रने गर्छन । यो अण्डरपासले चक्रपथमा मात्र होइन, नागढुंगा हुँदै कलंकी छिर्ने सवारी साधन पनि धेरै समय जाममा पर्नु नपर्ने सडक विभागका प्रवक्ता मुक्ती गौतमको भनाइ छ । यो अण्डरपासको निर्माण चार वर्षअघि सुरु भएको हो । २०७२ सालको महाविनाशकारी भूकम्पले क्षति पुर्याएपछि दोहोर्याएर काम गर्नु परेको सडक विभागले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...