Thursday, October 1, 2020

कैलालीमा भिषण हावाहुरी, एकको मृत्यु, दर्जनौं घाइते 

धनगढी, २३ जेठ। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा वर्षासँगै भिषण हावाहुरी आएको छ। बिहीबार साँझ आएको हावाहुरीका कारण एकको मृत्यु भएको छ भने दर्जनौं मानिसहरू घाइते भएका छन्। प्रहरीका अनुसार कैलालीको गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको हाे।

कैलाली र कञ्चनपुरमा आएको आँधी हुरीले करौंडोको क्षति पुगेको प्रारम्भिक अनुमान छ। ?ख, पोल ढालेर बाटो अवरूद्ध भएको छ। विद्युत् पनि अवरूद्ध भएको छ। घरको छानो तथा पर्खाल पनि ढलेका छन्। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिवालयले कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरी र वर्षाले करोडौंको क्षति भएको र प्रदेश सरकारले राहत र उद्दारको काम शुरू गरिरहेको जनाएको छ।

यस्तै सचिवालयले प्रभावित ठाउँका जनसमुदायले स्थानीय प्रशासन सङ्ग सम्पर्कमा रहन अनुरोध गरेको छ। सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुरज केसीका अनुसार एकदर्जन बढि घाइते भएको प्रारम्भिक सुचना आएको छ। घाइतेहरूको सेति अञ्चल अस्पताल तथा महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

कैलालीको स्थानीय समाचारमाध्यम पश्चिम टुडेका अनुसार बिहीबार राति साढे १० बजेसम्म कैलालीमा मात्रै ११ जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ३० बर्षीय चन्द्र  बहादुर थापा र वडा नम्बर ५ का राजेन्द्र बहादुर रोकाया रहेका छन्।

घाइते सबैको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ।  एक जना  घाइतेको अवस्था चिन्ताजनक रहेको तथा अधिकांश घाइतेह?को टाउकोमा चोट लागेको र ५ जनाको हातखुट्टा भाँचिएको अस्पतालले जनाएको छ।

  • 226
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    226
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 226
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    226
    Shares