17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

सुरक्षा विषयमा सहकार्य र समन्वय हुनुपर्नेमा जोड

अन्तर्वार्तासुरक्षा विषयमा सहकार्य र समन्वय हुनुपर्नेमा जोड

लुम्बिनी, २९ भदौ ।

नेपाल–भारत सुरक्षा अधिकारीबीच शान्ति सुरक्षा तथा वर्तमान विविध समसमायिक विषयमा आज छलफल भएको छ ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवाली तथा भारतीय सशस्त्र सुरक्षा बल नौतनवाका प्रमुख कमाण्डेण्ट शिव दयालबीच सीमा नाका सुनौलीमा भएको जाम, लागुऔषध तथा ओसारपसार, चेलीबेटी बेचबिखन, हतियार नियन्त्रण, जाँचमा ढिलासुस्ती र सीमा विवादलगायत विषयमा छलफल गरिएको थियो । सुरक्षा व्यवस्था प्रभावकारी बनाउन दुवैतर्फका सुरक्षकर्मीले अनुशासन कायम गर्नाका साथै नम्र वचन प्रयोग गर्नुपर्ने, आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने, समय समयमा सुरक्षा सम्बन्धमा सरोकार भएका पक्षबीच सहकार्य र समन्वय हुनुपर्नेतर्फ दुवैतर्फबाट जोड दिइएको थियो ।
प्रहरी प्रमुख ज्ञवालीले विगतका दिनमा रुपन्देही जिल्ला आपराधिक गतिविधिको केन्द्रका रुपमा रहे तापनि हाल प्रहरी प्रशासनको कार्यकुशलताले अपराधको अवस्था शून्य रहेको बताउनुभयो । नौतवनाका प्रमुख कमाण्डेण्ट दयालले रुपन्देहीबाट सुरक्षासम्बन्धमा प्रस्तुत विषयप्रति आफू गम्भीर रहेको बताउँदै सो क्षेत्रको शान्तिसुरक्षालाई अझै प्रभावकारी बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

6.8kViews

Check out our other content

Check out other tags:

Most Popular Articles