Friday, September 25, 2020

‘चुनाव जितेर फेरि सभापति बन्छु’: देउवा

दाङ, २० चैत । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पुन: पार्टी सभापति बन्ने बताएका छन । उनले आफू फेरि पनि चुनाव लडेर पार्टीको नेतृत्वमा आउने दाबी गरेका हुन ।

दाङको लमही नेपाली कांग्रेसले आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्दै उनले पार्टीको विधानमा चुनाव लडेर नेतृत्वमा आउन सक्ने व्यवस्था रहेको बताए । उनले भने चुनावको नाममा जरैबाट उखेल्नु नाजायज हो। विधानमा महिला, थारु, मधेसी, दलित समुदायलाई आरक्षणको व्यवस्था समेत गरिएको उनले बताए ।

कार्यक्रमबीच बोल्दै उनले वर्तमान सरकारले कामै गर्न नसकेको आरोप लगाए । ‘ओली सरकार बनेको एक वर्ष भन्दा बढि भयो । तर, जनताको काम एउटा पनि गर्न सकेन’, उनले भने, ‘सबै गलत काम गरिरहेको छ ।’

अब कांग्रस ओली सरकारविरुद्ध आन्दोलनमा जाने र त्यसका लागि कार्यकर्तालाई तयार रहन समेत निर्देशन दिए ।

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares