विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अब कति दिन पानी पर्छ ? यस्ताे भन्छ माैसम विभाग

  • 704
  •  
  •  
  •  
  •  
  •  
  •  
    704
    Shares

चैत २४, काठमाडौं-  केहि दिनदेखी प्रभावित मौसम सोमबार देखी सुधार आउने भएको छ । पश्चिमी वायु र स्थानिय वायुको प्रभाबले केहि दिन यता प्रभावित मौसम सोमबार देखी सुधार हुदै जाने जल तथा मौसम पुर्व अनुमान महाशाखाले बताएको छ ।

उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हँुदै जाने छ ।

 

मध्य र पूर्वी क्षेत्रको मौसम भने एक÷दुई दिन प्रभावित नै हुने मौसमविद् पौडेलले बताउनुभयो । काठमाडौँ उपत्यकामा भोलिबाट मौसम सुधारहँुदै जाने बताइएको छ ।

 

पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको समिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जनाएको छ ।

 

राति देशभरी नै आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि देशका पूर्वी भू–भागमा आंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको बताइएको छ ।

 

मङ्गलबार देशको पूर्वी र मध्य भू–भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।


  • 704
  •  
  •  
  •  
  •  
  •  
  •  
    704
    Shares
प्रतिक्रिया
Loading...