Saturday, August 15, 2020

शेयरको मूल्यमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १९ मङ्सिर- धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । सोमबार र मङ्गलबार बढेको बजार आज भने करीब २३ अङ्कले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अङ्कले घटेर एक हजार ११८ दशमलव १९ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज चार दशमलव ९१ बिन्दुले घटेर २३७ दशमलव ७८ बिन्दुमा झरेको छ ।

कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता शेयर रु ३७ करोड ७२ लाख ८६ हजार २७९ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ । कारोवार भएको दश उपसमूह सबैको शेयर मूल्य घटेको छ । बैंकिङ १५ दशमलव २२, होटल १० दशमलव ७३, विकास बैंक ३३ दशमलव ८८, जलविद्युत् २१ दशमलव २४, वित्त दुई दशमलव चार, निर्जीवन बीमा १८५ दशमलव २६, उत्पादन २५ दशमलव ४७, अन्य २८ दशमलव शून्य आठ, लघुवित्त ३० दशमलव ४१ र जीवन बीमा ९६ दशमलव शून्य एक बिन्दुले घटेको छ ।

घटेको बजारमा हाथवे फाइनान्स कम्पनी, दिव्येश्वरी हाइड्रोपावर कम्पनी, तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले भने कमाएका छन् । राधी विद्युत् कम्पनी, हिमालयन डिस्टिलरी, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।रासस

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares