20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या पन्ध्र सय पुग्यो : डब्लुएचओ

समाचारअन्तर्राष्ट्रिययमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या पन्ध्र सय पुग्यो : डब्लुएचओ

साना (यमन), १८ असार ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुने सर्वसाधारणको सङ्ख्या एक हजार ५०० पुगेको बताएकोे छ ।
डब्लुएचओले हैजाका कारण यमनभर करिब दुई लाख ४६ हजार यमनी जनता बिरामी परेका जनाएको छ ।
यमनस्थित डब्लुएचओ प्रतिनिधि डा नेभिओ जागरियाले सानामा शनिबार एक पत्रकार सम्मेलन गरी भन्नुभयो, यमनमा हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या दोस्रोपटक फैलिएको प्रकोपको सुरुवाती दिनको तुलनामा अहिले दैनिक दश गुनाले बढेको बताउनुभयो ।
दुई हप्ता पहिले डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त प्रकोपका कारण एक हजार ३०० जनाको मृत्यु भएको र करिब दुई लाख शङ्कास्पद बिरामी देखापरेको बताइएको थियो ।
साउदी अरब नेतृत्वको दुई वर्ष लामो यमनी हुथी समूहविरुद्धको अभियानमा व्यापक भौतिक संरचनाको क्षति भएको र औषधिलगायतका आधारभूत सामग्रीको अभाव भएको कारण बिरामीको समयमा उपचार हुन सकेको छैन ।

1.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles