दिपमाला गोदार
दमौली, २२ असार ।
तनहुँको आवँुखैरेनी गाउँपालिका–१ पोखरीटारको दलित बस्तीमा फैलिएको पखाला नियन्त्रणमा आएको छ । स्वास्थ्यकर्मीले गाउँमै पुगेर बिरामीको उपचार गरेपछि रोग नियन्त्रणमा आएको आँवुखैरेनी स्वास्थ्य चौकीका इन्चार्ज अगमराज उपाध्याय ले बताउनुभयो । हिजो बुधबार पनि स्वास्थ्यकर्मी बिरामीको निगरानीमा रहेको र बिरामीको दिसा र पिउने पानी जाँचका लागि पठाइएको उपाध्यायले बताउनुभयो । दिसा स्थानीय ल्याब र नमुना पानी परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको सो स्वास्थ्य चौकीले जनाएको छ ।
आँवुखैरेनीबाट बुधवार त्यहाँ पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई पानी उमालेर खान, क्लोरिन चक्की प्रयोग गर्न, बासी–सडेगलेका खानेकुरा नखान, सफासुग्घर भएर बस्न र झोल पदार्थ प्रशस्त खान सल्लाह दिएको छ । सो बस्तीमा रहेका ३५ घर मध्येका २८ व्यक्ति पखालाबाट प्रभावित भएका थिए ।
जिल्ला स्वास्थ्य कार्यलय तनहुका प्रमुख डा पवनजङ्ग रायमाझीले पनि त्यस बस्तीमा देखिएको पखाला नियन्त्रणमा आइसकेको बताउनुभइको छ ।
पोखरीटारको पखाला नियन्त्रणमा
0
Share
2.0kViews