विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

हामी आफ्नै गाउँमा आत्मनिर्भर बन्नुपर्दछ ः नेता अधिकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजेन्द्र न्यौपाने
गोरखा, ९ जेठ – गोरखा निर्वाचत क्षेत्र नं. १ का सभासद हरिराज अधिकारीले सबै मानिसहरु आफ्नै गाउँमा आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । देशमा राजनैतिक परिवर्तन पश्चात इतिहासमा नै पहिलो पटक दुइतिहाइ नजिकको सबै भन्दा शक्तिशालि सरकार बनेको र यो सरकार देशको विकासमा दत्तचित्त भएर अगाडि बढेको दावी गर्दै अव अरुका भर पर्ने दिन सकिएको बताएका हुन् ।

जिल्ला स्थित शहिद लखन गाउँपालिका वडा नं. १ मा रहेको बक्रेश्वर मा.वि.को ६१ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै नेता अधिकारीले भने, शहरमा बस्ने मानिसहरु आफ्नो खेतीका लागि विदेशबाट गाईगोरुको मल आयात गर्न थालेको भन्दै यही उत्पादन गर्न सकिने बस्तुमा पनि अरुको भर पर्नु आश्चर्य भएको बताए । घरमा छतमा खेती गरेर उत्पादन गर्न थालिएको छ जवकी हाम्रा जमिनहरु बाँझै रहेका छन् । हामीले हाम्रै ठाउँमा यहाँ हुने उत्पादनका आधारमा पहिचान दिने गरी उत्पादन गर्नु पर्दछ ।

राजनैतिक परिर्वतनबाट केन्द्र, प्रदेश र स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिएको उनले बताए । साना लगानीमा गर्न सकिने योजनाहरु गाउँ तहबाट नै समाधान हुन्छ । केही ठूला योजनाहरु पूरा गर्नका लागि प्रदेश र केन्द्र सरकार तयार रहेको सभासद अधिकारीले बताए ।

शहीद लखन गाउँपालिकाको यस वडा न.ं १ खरी बाख्रा उत्पादनको मूख्य आधार क्षेत्र भएका कारण पनि यहाँ तपाईँहरुले यस व्यवसायले अगाडि बढाएर आत्मनिर्भर बन्न बन्नुहोस । यहाँका नागरिकहरु कति शक्तिशालि छन भन्ने कुरा यस प्रदेशमा नै नमुना भएर प्रमाणित गरीसकेको दावि गर्दै गाउँमा चन्दा उठाएर मोटर चल्ने पुल बनाउनु सामान्य नभएको उनले बताए । सबै भन्दा जटिल काम गरिसकेको बताउँदै अरु कामका लागि अझै एकजुट भएर अगाडि बढ्न उनले आग्रह गरे । काम गर्दै जाँदा परेका समस्याहरु समाधान गर्न आफू सँधै तयार रहेको उनको भनाई थियो । यहाँ प्राविधिक शिक्षाको अध्यापन थाल्नुपर्छ भन्दै नेता अधिकारीले यसका लागि आफूले सहयोग गर्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समस्या इकाइका प्रमुख दिपेन्द्र सुवेदीले विद्यालयले देखाएको पारदर्शीता मनन योग्य रहेको बताउँदै विद्यार्थीको चाप बढाउन सबै लागि पर्नुपर्ने बताए । शिक्षकहरुले पूरा समय विद्यार्थीहरुलाई अध्यापनमा खर्चनु पर्छ भन्दै यहाँको विकास लागि गाउँवासीले देखाएको सक्रियता राम्रो रहेको बताए ।

गाउँपालिका अध्यक्ष रमेश थापा मगरले शहिद लखन वडा नं. १ मा रहेको यस विद्यालयको शैक्षिक भौतिक विकासका लागि आफूले पालिकाबाट सकेको सहयोग गर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुविलास अर्यालले विद्यालयको प्रगति वितरण सुनाएका थिए । कार्यक्रममा विद्यालयले प्रकाशन गरेरको बक्रेश्वरी स्मारिका विमोचन गरिएको थियो । स्थानीय महिला समूहकी अध्यक्ष सिता पोखरेल, शिक्षक दिपेन्द्र ढकाल महेन्द्रशक्ति मावि.का शिक्षक प्रकाश अर्याल, बुद्धिजीवि गोपाल मरहट्टा रामप्रसाद पोखरेल, कवि नारायण प्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका शिक्षक मधुसुदन अर्यालले सञ्चालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time