Wednesday, September 23, 2020

सरकार ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढेको छ। : प्रधानमन्त्री ओली

काठमाडौं फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणमा बाधा गर्ने विरुद्ध सरकार अघि बढ्ने भन्दै आम नेपाली जनताको मतलाई उचित कदर गर्दै सरकार अघि बढ्ने बताए ।

उनले भने अबको हाम्रो यात्रा सुशासन र विकासको रहेको र अहिले देशमा अबस्था बदलिएको र त्यो सँगै आफ्नो जिम्मेवारी पनि बदलिएको छ । विगतका आन्दोलनको स्मरण गर्दै हामी नेपाली गरिबी, बेरोजगारी र निरंकुसता अन्त्यका लागि बारम्बार लडेर बताए । यिनै आन्दोलनको जगबाट संघीय लोकतान्त्रि गणतन्त्र नेपाल निर्माण भएको भन्दै उनले अब नेपाललाई समृद्ध बनाउने बाहेकको अर्को एजेन्डा नरहेको पनि दाबी गरे ।

‘अबको हाम्रो यात्रा सुशासन र विकासको हो । देश नयाँ संरचना अनुसार अघि बढेको छ,’ उनले भने, ‘अहिले परिस्थिति बदलिएको छ। हाम्रो जिम्मेवारी पनि बदलिएको छ । यही अवस्थामा नेपालीलाई समृद्ध बनाउन हामी लागेका छौं ।’

सरकारले सन् २०२२ भित्र नेपाललाई अतिकम विकसितको सूचीबाट माथि उठाउने र सन् २०३० भित्रमा संयुक्त राष्ट्र संघले तय गरेको दीगो विकास लक्ष्य हासिल गर्न सरकार लागि परेको उनले बताए ।

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares