घतानी बन्धु सेवा समाजको पहिलो अधिवेशन सम्पन्न

घतानी विश्वकर्माहरुको सँस्था घतानी बन्धु सेवा समाजको पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौँमा आयोजित सँस्थाको पहिलो अधिवेशनले समाजसेवी देवनारायण घतानीको नेतृत्वमा १९ सदस्सीय केन्द्रिय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।

वंशावली पहिचान तथा घतानी (विश्वकर्मा) थर गोत्रीहरुको हक, अधिकार र उन्नतिको लागी एकताबद्घ हुने उदेश्य सहित २ बर्ष अघि स्थापित संस्थाको पहिलो अधिवेशन उक्त समुदायकी जेष्ठ सदस्य मध्येकी दिलमायाँ घतानीको प्रमुख आतिथ्यता र एकिकृत राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष गोपाल प्रसाद विश्वकर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

सो अवसरमा चलचित्रकर्मी राजेश घतानी, सञ्चारकर्मी महेन्द्र घतानी, कलाकारहरु वरिष्ठ बाँसुरीबादक गोपालदेव घतानी, संगीत संयोजक ववीराज घतानी, समाजसेवी राम घतानी, मिसेज प्रदेश १ सम्झना घतानी लगायतलाई सम्मान समेत गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

comment