Thursday, October 29, 2020

कस्ले छोड्छ (गजल): दल बहादुर शाही

भोको बेलामा आहारा पाएँ कस्ले छोड्छ।
तिर्खामा पानीको धारा पाएँ कस्ले छोड्छ।।

चकमन्न अँध्यारो राती अल्मलिएको बेला।
टलक्क टल्किने तारा पाएँ कस्ले छोड्छ।।

कहाँ जाउ के गरम् आकुलब्याकुल हुदा
मुखको अगाडी चारा पाएँ कस्ले छोड्छ।।

आजभोलीका बुढा वुढी चक्कर चलाउछन।
कन्या अनि कुमारा पाएँ कस्ले छोड्छ।।

झरेको फुल टिपेर लगाउने जमना आयो।
फूल भित्रको गवारा पाएँ कस्ले छोड्छ।।

दल बहादुर शाही
हेलो खार्पूनाथ गाउपालिका हुम्ला कर्णाली
हाल कैलाली

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares