Monday, July 13, 2020

गजल “परीक्षा लियौ”: दल बहादुर शाही 

गजल

अग्नि परीक्षा लियौ  सती परीक्षा लियौ।
घरमा मुख देखाउदै  मती परीक्षा लियौ।
कहाँसम्म गरेनौं  पुरुषले हामी नारीलाई
दानवसँग देवी लडाई गती परीक्षा लियौ।।
आफ्नो  अस्तित्व आफै बारम्बार लुटाई
हाम्रो पवित्रता जाँच्न पती परीक्षा लियौ।।
लक्ष्मी  सरस्वती भन्ने वाहनमा  मात्र हो
थाहा छ भित्र – भित्र कती परीक्षा लियौ।।
कुन चिजमा होला तिमीले संका नगरेको
सम्पूर्णमा पास भयौं जती परिक्षा लियौ।।
अझै टन्न धोकी कुट्नेको कमी देखिएन
सहन  सक्दैनौं  अब  अती परीक्षा लियौ।।
दल बहादुर शाही
हेलो खार्पूनाथ गाउपालिका हुम्ला कर्णाली
हाल कैलाली
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •