विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

यस्तो छ तपाईको आज: २४ जेठ २०७६ शुक्रवार

  • 670
  •  
  •  
  •  
  •  
  •  
  •  
    670
    Shares

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भयछ, सचेत रहनुहोला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक यात्राको योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगती हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 670
  •  
  •  
  •  
  •  
  •  
  •  
    670
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time