फ्लोरा एक्स्पोले गर्याे ६५ लाखको कारोबार

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

काठमाडौं, ३ बैशाख – काठमाडौंको भुकुटीमण्डप स्थित प्रर्दशनीहलमा फ्लोरिकल्चर एशोसिएसन नेपालले सञ्चालन गरेकाे फ्लोरा एक्स्पोमा करिब ६५ लाखको कारोवार भएको फ्लोररिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक रामजी प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

एक्स्पो यहि २०७४ चैत्र ३० गते देखि २०७५ साल बैशाख ३ गते आजसम्म हुनेछ।

“स्वाच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प ब्यवसाय” भने नाराका साथ सञ्चालन अाएकाे एक्स्पोमा ६५ वटा ब्यावसायीक स्टल, ४ वटा ल्याण्डस्केपिङ्ग, १ वटा ल्याण्डस्केपिङ्ग, १० वटा अफिसियल स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल रहेको छ । उक्त पुष्प मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्रि कक्ष रहेका छन् भने ‘एक्स्पोमा करिब ६५ हजार अवलोकन कर्ताले अवलोकन गरेका छन् । ’

मेलामा सहभागी भएका बिभिन्न पुष्प ब्यवसायीहरुद्धारा उत्पादित फूल बिरुवाहरु विच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न १० विधाहरुमा प्रथम हुने पुष्प ब्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्धारा पुरस्कार गरेको छ ।

पुरस्कृत नर्सरीहरु :

१) उत्कृष्ट मौसमी फूल – मिलन नर्सरी , काठमाडौं

२) उत्कृष्ट आलंकारीक बिरुवा – सृजना फ्लावर नर्सरी, सानेपा ललितपुर

३) उत्कृष्ट फूल्ने बिरुवा – सृजना फ्लावर नर्सरी, सानेपा ललितपुर

४) उत्कृष्ट ल्याण्डस्केप – ओम नर्सरी प्रा.लि, बौद्ध, काठमाडौं

५) उत्कृष्ट स्टल – न्यू सन फ्लावर नर्सरी , संखमुल काठमाण्डौं प्लाजा

६) उत्कृष्ट पुष्प सजावट– क्लोभर वीफ, काठमाडौं प्लाजा

७) उत्कृष्ट कट फ्लावर (रोज)– ईचंगुनारायण नर्सरी, ईचंगु काठमाण्डौं

८) उत्कृष्ट कट फ्लावर (कार्नेसन)– सुनखरी पुष्प नर्सरी, भक्तपुर

९) उत्कृष्ट कट फ्लावर (जरबेरा)– सृजना कट फ्लावार नर्सरी, रामकोट, काठमाडौं

१०) कदर पत्र– राज कमल नर्सरी झापा नेपाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment