20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

राहत र क्षतिपूर्ति दिन कुनै कसर बाँकी नराख्नुस् – प्रधानमन्त्री देउवा

आर्थिकराहत र क्षतिपूर्ति दिन कुनै कसर बाँकी नराख्नुस् – प्रधानमन्त्री देउवा

काठमाडौँ, ३१ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षका कारण बाढीपहिरो र डुबानबाट प्रभावित तराई–मधेशका नौ जिल्लाको अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले बाढी प्रभावित बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सुनसरी, मोरङ र झापाको अवलोकन गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
अवलोकनका क्रममा प्रधानमन्त्री देउवाले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा पूर्वाञ्चल क्षेत्रका सबै सरकारी अधिकारीलाई कुनै कमीकमजोरी नआउने गरी राहत र उद्धारमा खटिन निर्देशन दिनुभएको थियो ।
त्यसैगरी इटहरीको कृष्ण मन्दिरमा बाढीपीडितसँग साक्षात्कार गर्दै प्रधानमन्त्री देउवाले पीडितको उद्धार र राहत कार्य आफैँमा निकै गम्भीर भएको हुँदा छिट्टै राहत र क्षतिपूर्ति रकम उपलब्ध हुने विश्वास दिलाउनुभयो ।
“बाढीले तराईमा गरेको यो निकै ठूलो मानवीय र भौतिक क्षतिप्रति सरकार गम्भीर छ”– उहाँले भन्नुभयो, “तपाईहरुलाई राहत रकम छिट्टै हात हातमा सरकारले पु¥याउने छ ।”
प्रधानमन्त्री देउवाले राहत सामग्री सरकारले यातायातमा कठिनाइ भए स्थानीय बजारमा खरिद गरेर भएपनि वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुुभयो ।

2.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles