20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

यातायात कार्यालयका निमित्त प्रमुखसहित सात निलम्बित

आर्थिकयातायात कार्यालयका निमित्त प्रमुखसहित सात निलम्बित

भीमदत्तनगर, ५ साउन ।

भारतबाट चोरीका सवारी साधन भित्र््याएर दर्ता गरी सञ्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले आज महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेयले मन्त्रालयको सचिवस्तरको निर्णयबाट यातायात कार्यालयका निमित्त प्रमुख हेमन्तबहादुर सिंहसहित कर्मचारी निलम्बनमा परेको जानकारी दिनुभयो । निलम्बनमा पर्नेमा यातायात कार्यालयका मेनानिकल इञ्जिनीयर दीपक थापा, नासु नरेन्द्रराज जोशी, तारादत्त भट्ट र महादेव भट्ट तथा खरिदार केशवदत्त बडू र श्यामराज ओझा छन् ।

यातायात व्यवस्था विभागको सिफारिसमा मन्त्रालयले निलम्बन गरेको विभागका प्रवक्ता पाण्डेयले राससलाई जानकारी दिनुभयो । “आन्तरिक छानबिन ग¥यौँ, कैफियत देखियो ”, उहाँले भन्नुभयो, “सो कार्यमा संलग्न देखिएपछि निलम्बन गरिएको हो ।” रासस

1.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles