20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

भुकम्प पिडित पालमै, राहत बैंकमा : बनेनन् भुकम्प पिडितका घर..

आर्थिकभुकम्प पिडित पालमै, राहत बैंकमा : बनेनन् भुकम्प पिडितका घर..

सुजन प्रेमी
काठमाडौ, ५ असार ।
भुकम्प गएको दुइ बर्ष बितिसक्दा पनी भुकम्प पिडितका घर अझै ठडीएका छैनन् । राहत स्वरुप पहिलो किस्तामा दिइएको रकम अपुग हुदा र सहि सदुपयोग नहुदा भुकम्प पिडितले घर बनाउन नसकेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका भुकम्प पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन सकेको छैन ।

प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४सय ४२ पीडितले पहिलो किस्ता लगेका छन् । तर, दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ । पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भूकम्पपीडितले मात्रै दोस्रो किस्तावापतको रकम लगेका छन् । दोस्रो किस्ता बुझ्नका लागी भुकम्प प्रतिरोधी घरको जग हालेर डिपिसी सम्म गर्नुपर्छ । डिपिसी तयार भएपछी इन्जिजिएरले भुकम्प प्रतिरोधी हो भनी प्रमाणित गरेपछी मात्रै दोस्रो बिस्ताको लागी प्रकृया अगाडी बढ्छ कतीपय भुकम्प पिडितले आफ्नो हिसाबले घर बनाएर बसेका छन् भने झण्झट हुने भएकाले दोस्रो किस्ताको लागी निवेदन समेत दिइका छैनन् ।

सरकारले दिएको राहतले सरकारले भनेबमोजिम घर बनाउन नसकने पिडितहरु बताउछन् । नमुना अनुसार घर बनाउदा ३० देखी ४० लाख न्युनतम खर्च हुने भएकाले सरकारले पुर्नबिचार गर्नुपर्ने पिडितको माग छ । अति प्रभावित जिल्लाका भुकम्प पिडितहरुले दोस्रो किस्ता रकम बुझ्नका लागी निवेदन दिन ढिलाई गरेको प्राधिकरणले जनाएको छ । यता पिडितहरुले भने सरकारले दिएको ५० हजारले घडेरी खार्न पनी नपुग्ने भएकाले पहिलो डिपिसी गर्न थप पैसा नभएकाले घर नबनाएको बताएका छन् । जसका कारण दोस्रो किस्ताका लागि निकासा गरिएको रकम अहिले जिल्लाका बैंकमा बसिरहेको छ भने पिडितहरु पैसाको अभावमा टहरामै बस्न बाध्य छन् ।

2.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles