17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

बढ्न थाल्यो अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन

आर्थिकबढ्न थाल्यो अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन

अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । पदयात्राका लागि सिजन सुरु भएपछि दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुन थालेको हो ।

ट्राभल एजेन्सी एसोसिएसन नेपाल (टान) को बेसीसहरस्थित पर्यटक जाँच चौकीका अनुसार अहिले लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकको सङ्ख्या दैनिक ४० जना भन्दा बढी रहेका छन् ।

यो पदमार्गमा मुख्य सिजनमा भने दैनिक दुई सयको हाराहारीमा विदेशी पर्यटक आउने गर्दछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष अफसिजनमा पनि उल्लेख्य पर्यटक आएको टानले जनाएको छ ।

पदयात्राका लागि सिजन नभए पनि यो बर्ष मे महिनादेखि अगष्ट महिनासम्म मात्रै दुई हजार २३१ जना पर्यटक आएका थिए । गतवर्ष सोही अवधिमा ४५७ जना पर्यटक मात्र पदयात्राको लागि आएका थिए ।

अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राका लागि उपयुक्त सिजनको रुपमा लिने गरिन्छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएको टिम्स बेसीसहरका कर्मचारी नन्दराज भट्टले बताए। गतवर्ष भूकम्प र अघोषित नाकाबन्दीका कारण पर्यटक घटेको भन्दै उहाँले यो वर्ष पर्यटक बढ्ने अपेक्षा गरे  ।

अन्नपुर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स र अष्ट्रेलिया, बेलायत, अमेरिकाका पर्यटक आउने गरेको बताइन्छ ।

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । विदेशी पर्यटक जत्तिकै आन्तरिक पर्यटकको पनि उल्लेख्य वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी थप उत्साही भएका छन् ।

दीर्घकालीन पर्यटन विकासका लागि आन्तरिक पर्यटकलाई पर्वद्धन गर्नुपर्ने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन्। “विदेशी एकपटक गएर आउन पनिसक्छ नआउन पनिसक्छ, तर नेपाली पर्यटक फेरि पनि आउछ” गुरुङले भने “आन्तरिक पर्यटकलाई हामीले प्राथमिकता दिने गरेका छौँ, आन्तरिक पर्यटकलाई वास्ता नगरेसम्म नेपालको पर्यटन विकास असम्भव छ” ।

पछिल्लो समय विभिन्न क्लब तथा सङ्घ संस्थामा आवद्ध भएकाहरु समेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा आउने गरेका छन् ।

लमजुङ सदरमुकाम बेसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

लमजुङको सदरमुकाम वेसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरु आफूलाई भाग्यमानी ठान्छन् । यसअघि अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिएको थियो ।

8.5kViews

Check out our other content

Check out other tags:

Most Popular Articles