17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

नारायणगढ–मुग्लिन सडकखण्ड कहिले पुरा हुन्छ??? यात्रुलाइ भयो सास्ती

आर्थिकनारायणगढ–मुग्लिन सडकखण्ड कहिले पुरा हुन्छ??? यात्रुलाइ भयो सास्ती

सुजन प्रेमी
चितवन, १६ असार ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ हुदै गएको छ । निर्माण कम्पनीले बिभिन्न बाहना बनाई सडक निर्माणमा ढिलाइ गरिरहेकाले निर्धारित समयमा सडक निर्माण नहुने पक्कापक्की भइको छ ।

यसको प्रत्यक्ष मार यात्रु तथा मालबाहक सवारीले बेहोर्नुपरेको छ । अहिले उक्त ३६ किलोमिटर खण्डको यात्रा गर्न घन्टाँै जाममा बस्नुपर्ने बाध्यता छ । तर निर्माण कम्पनीले भने सम्झौतालगत्तै भूकम्प र नाकाबन्दीका कारण नौ महिना काम गर्न नपाएको र यसै अवधिमा दुई वटा वर्षात् झेल्नुपरेकाले सोचे जति काम हुन नसकेको बताएका छन् । यता सो सडकमा बर्षालागेसंगै दिनहुजसो पहिरो जादा यात्रुहरु जोखिम मोलेरै हिड्न बाध्य छन् ।


त्यसैगरी, ट्राफिकिङ समस्याका साथै वैकल्पिक सडक नहुँदा काममा बाधा हुनुलगायत समस्या पनि ठेकेदारले सुनाए ।
निर्माण कम्पनीका प्रतिनिधिले भूकम्प, नाकाबन्दी, विद्युत् खम्बा र खानेपानीको पाइप सार्न भएको ढिलाइ, रुख कटानमा ढिलाइ, निर्माण सामग्रीको सहज उपलब्धतामा समस्या, लामो समयसम्मको वर्षा, पहिरो पन्छाउने समस्या र रिभेरियसन समयमा नभएको गुनासो गरेका थिए ।


सम्झौता हुँदाको मितिअनुसार सन् २०१७ को अप्रिलसम्म ठेकेदार कम्पनीले सडक निर्माण गरी हस्तान्तरण गर्नुपर्नेमा हालसम्म ५० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । भूकम्प, नाकाबन्दी लगायतका कारण देखाएर निर्माण कम्पनीले समय मागेबमोजिम आउँदो डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने समय थप गरिएको थियो । तर पछिल्लो थप गरिएको समयमा पनी निर्माण सम्पन्न नहुने देखिएको छ ।

1.9kViews

Check out our other content

Check out other tags:

Most Popular Articles