20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

धादिङमा लिच्ची उत्पादनमा कमी

आर्थिकधादिङमा लिच्ची उत्पादनमा कमी

धादिङ, २९ जेठ  ।

हरेक वर्ष लिच्ची बिक्रीबाट राम्रो आम्दानी गरिरहेका धादिङका किसान यो वर्ष भने सोचेजस्तो लिच्ची उत्पादन नभएपछि चिन्तित भएका छन् ।
फूल फुलेर दाना लाग्ने समयमा परेको असिना–पानीका कारण लिच्चीको दाना सानैमा झरेर सखाप भएपछि आम्दानी घट्ने भयले किसान चिन्तित भएका हुन् । यो वर्ष लिच्ची उत्पादनमा कमी आएसँगै मूल्य भने वृद्धि भएको छ । गत वर्ष प्रतिकिलो १०० रुपैयाँमा बिक्री भएको लिच्ची यो वर्ष भने १५० रुपैयाँसम्म बिक्री भएको छ । धादिङमा केही वर्षअघिदेखि व्यावसायिकरुपमा लिच्ची उत्पादन गर्दै आएका किसानले एकै सिजनमा ७ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका थिए । यो वर्ष भने आम्दानी निकै घट्ने सम्भावना रहेको किसानहरु बताउँछन् । जिल्ला कृषि विकास कार्यालयले धादिङको नीलकन्ठ नगरपालिकास्थित जयन्तीडाँडा, शिद्धलेक गाउँपालिकाको नलाङ, कुम्पुर र धुनीबेसी नगरपालिकाको जीवनपुरलगायतका स्थानलाई लिच्चीको पकेट क्षेत्र घोषण गरी किसानलाई सहयोग गर्दै आएको छ ।

5.5kViews

Check out our other content

Check out other tags:

Most Popular Articles