18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

आर्थिकझापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

सुरुङ्गा (झापा), १० साउन ।

जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा कुल ११ हजार ४४३ हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ । तीन हजार ६९५ हेक्टर क्षेत्रफलमा दुई हजार ९२७ साना चिया कृषकले चियाखेती गरिरहेका छन् ।
कार्यालयको तथ्याँकअनुसार आव २०७०÷७१ मा दुई करोड १० लाख ७६ हजार ३६६ किलो तयारी चिया उत्पादन भएको थियो । आव २०७१÷७२ मा दुई करोड ३१ लख ८६ हजार ७२६ किलो तयारी चिया उत्पादन भएको थियो । चियाखेतीतर्फ किसान आकर्षित भएसँगै उत्पादनमा वृद्धि भएको अधिकारीको भनाइ छ । नेपालमा उत्पादित सिटिसी चिया प्रतिकिलो रु १५० का दरले बिक्री हुने गरेको छ भने अर्थाेडक्स चिया प्रतिकिलो रु ३०० का दरले बिक्री हुँदैआएको छ ।

5.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles