20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

गहुँका दुई नयाँ जातको विकास

आर्थिकगहुँका दुई नयाँ जातको विकास

काठमाडौँ, २९ जेठ ।

नेपाल कृषि अनुसन्धान परिषद नार्कले गहुँका दुईवटा उन्नत जात विकास गरेको छ । मुनाल र च्याखुरा नाम राखिएका दुईवटा जात छिटै सिफारिस हुने क्रममा रहेका नार्कले जनाएको छ ।

नार्कका वरिष्ठ वैज्ञानिक तथा गहुँबाली विज्ञ डा. ध्रुवबहादुर थापाका अनुसार यी जात मध्यपहाड र उच्चपहाडको लागि उपयुक्त हुन्छ । अनुसन्धानको क्रममा दुवै जातको उत्पादन राम्रो हुने देखिएको उहाँले जानकारी दिनुभयो ।अहिलेसम्म गहुँका ३९ वटा उन्नत जातको विकास भैसकेको छ । यसमध्ये पहाडमा डब्लु के १२०४, डाँफे, धौलागिरी र स्वर्गद्वारी तथा तराईमा गौतम, विजय, तिलोत्तमा र बाणगंगा बढि प्रचलित छ । यसवर्ष मौसम अनुकूल भएकाले गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ ।

5.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles