20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

कूटनीतिक कर्मचारीलेनै भत्ता बुझाउदैनन्

आर्थिककूटनीतिक कर्मचारीलेनै भत्ता बुझाउदैनन्

काठमाडौ,१६ भदौ ।

विदेशस्थित नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर विगत १० वर्षदेखि सरकारलाई बुझाएका छैनन् ।
कूटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रुपमा बुझाउनु पर्ने कर बक्यौता २२ करोड रुपैयाँ नाघेको छ । यो बक्यौताबारे मौन बस्दै परराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागू हुने गरी वैदेशिक भत्ताको अनिवार्य कर बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको आजको नागरिक दैनिकमा खबर छ । परिपत्रमा विगतमा नतिरेको कर के गर्ने भन्ने विषयमा केही उल्लेख छैन । सरकारले साउन १ गतेबाट वैदेशिक भत्तामा नियोग हेरी १० देखि ३० प्रतिशत वृद्धि गरेपछि परराष्ट्रले आर्थिक वर्षबाट कर काट्न परिपत्र जारी गरेको हो । २०६४ सालयता विदेशस्थित नेपाली नियोगमा कार्यरत कुटनीतिक कर्मचारीले वैदेशिक भत्तामा लाग्ने कर सरकारलाई बुझाएका छैनन् । कर तिर्नुपर्ने कतिले परराष्ट्र सेवाबाट अवकाश पाइसकेका छन् भने केहीको मृत्यु भइसकेको छ ।

1.8kViews

Check out our other content

Check out other tags:

Most Popular Articles