20 C
Los Angeles
Thursday, June 8, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

इश्वरले मनाए देवघाटको बालिका अश्रममा जन्मदिन

आर्थिकइश्वरले मनाए देवघाटको बालिका अश्रममा जन्मदिन

सुजन प्रेमी ,
देवघाट (चितवन), ३ असार ।

चितवनको देवघाटमा रहेको बालिका आश्रमलाइ सहयोग प्राप्त भएको छ । पुर्वी चितवनको सौराहाचोक टाडीमा रहेको भट्टराई इलेक्ट्रिकका प्रोपाईटर इश्वर भट्टराईले आफ्नो जन्मदिनको अवसरमा फलफुल खाधन्न सामग्री सहित ५५ जना बालिकालाई एक दिनको खाजा र खाना खर्च सहयोग गर्नुभएको हो । ठुलो रकम खर्च गरेर जन्मदिन मनाउनुभन्दा यस्तै अनाथ बालिबालिका तथा बृद्धबृद्धाहरुलाइ सोही खर्च बराबरको रकम सहयोग गर्न पाए दुखीले पनी खुशी महसुस गर्ने भट्टराईको भनाई छ ।

आफुले यस्तो पुणित अवसरमा देवघाटजस्तो पवित्र स्थलमा आएर सहयोग गर्न पाउदा आफुलाई गर्व लागेको बताउनुभयो । ५५ जना बालिका रहेको आश्रममा यसैगरी सहयोग पाएर आश्रम चलेको श्री राम जानकी गार्गी गुुरुकुल आश्रमका महासचिव रामेश्वर खनालले बताउनुभयो । ठुलो चुनौती सामना गरिरहेको यस आश्रममा बाहिर गर्ने अनावस्यक खर्च जोगाएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । गुरुकुल र आधुनिक दुवै शिक्षा दिईरहेको आश्रममा केही आजिवन सदस्य र केही मुठ्ठीदाता बाहेक बाहिरी सहयोग रहेको छैन । भरतपुर महानगरपालिका १ देवघाटमा रहेको उक्त आश्रममा बाबुआमा गुमाएका, सडकमा आएका तथा आफन्त गुमाएका बालिकाहरु आश्रीत रहेका छन् ।

6.2kViews

Check out our other content

Check out other tags:

Most Popular Articles