17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि वग्गी सेवा

आर्थिकआन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि वग्गी सेवा

 

पोखरा, ३० असोज  

पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ वग्गी एण्ड हर्स राइडिङ प्रालिले आइतबारदेखि वग्गी सेवा सञ्चालनमा ल्याएको छ ।
पोखरामा दृश्यावलोकन, प्याराग्लाइडिङजस्ता पर्यटनका विभिन्न आयामद्वारा मनोरञ्जन लिने गरेका पर्यटकलाई वग्गी चढ्ने अवसर प्रदान गर्ने सोचका साथ वग्गी सेवा सञ्चालन गरिएको वग्गी एण्ड हर्स राइडिङ प्रालिका सञ्चालक शान्त शर्माले बताउनुभयो ।
“नेपालका सन्दर्भमा राजा महाराजा तथा उच्च पदस्थ अधिकारीले मात्र वग्गी चढ्ने परम्परा रहेको थियो,” उहाँले भन्नुभयो, “आगामी दिनमा सर्वसाधारणका साथै पर्यटकले पनि यसको भरपुर मनोरञ्जन लिन सकून् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गरेका हौँ ।”
वग्गी सेवा सञ्चालनको एक समारोहका बीच उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव एवं रासस सञ्चालक सदस्य गोविन्दसिंह भण्डारीले पर्यटकीय नगरी पोखरामा वग्गी सेवा सञ्चालनले यहाँका पर्यटकीय आयाममा नयाँ इँटा थपेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य वासु त्रिपाठीले वग्गी सेवा सञ्चालनबाट पर्यटक थप लाभान्वित हुने बताउँदै यसलाई सुव्यवस्थित एवं प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

6.5kViews

Check out our other content

Check out other tags:

Most Popular Articles