Friday, September 25, 2020

यस कारण हावाहुरीको पुर्व अनुमान गर्न सक्दैन माैसम विभागले

आवश्यक उपकरण र सफ्टवेयर नभएकै कारण गत आइतबार साँझ आएको विनाशकारी हावाहुरीको पुर्व जानकारी दिन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

विभागका महानिर्देशक सरजु कुमार वैद्यका अनुसार चितवनमा सिर्जना भएको हावाहुरीले पर्सा हुँदै बारासम्म प्रभाव पारेको थियो।

 

स्थानीय वायुको प्रभाव र मौसममा हुने बदलीबारे जानकारी दिन सक्ने प्रणालीको अभावका कारण आफूहरूले वर्षा र मेघगर्जनबारे पूर्वानुमान जारी गरे पनि सम्भावित ठूलो खतराबारे भने जानकारी दिन ढिला भएको वैद्य स्वीकार्छन्।

 

उनका अनुसार अहिले नेपालमा प्रयोग भएको सफ्टवेयरबाट यहाँकै मौसमअनुकूल सेटु गरे मात्र चाहिने जानकारी लिन सकिन्छ।

 

हामीले चलाइरहेको सफ्टवेयर संसारमा जहाँ पनि प्रयोग गर्न सकिने खालको हो, वैद्यले बीबीसी नेपालीलाई बताए।

 

विशेष प्रणाली बनाउन क्रमिक रूपमा सो सफ्टवेयरको विकास गर्नुपर्छ जुन सहज छैन।

  • 237
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    237
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 237
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    237
    Shares