Saturday, October 31, 2020

आकाशबाट यस्तो देखिन्छ धनी र गरिबबीचको खाडल (फोटोफिचर)

मेक्सिको शहरको सेन्टा फि इलाका

बीबीसी

जोनी मिलरले सन् २०१६ अप्रिलमा एउटा विशेष कामको थालनी गरे । उनी असमानता प्रदर्शन गर्ने तस्बिरहरु खिच्ने अभियानमा लागे ।

असमानता एक वास्तविकता हो भन्ने कुरालाई मानिसहरुले  स्विकार गरुन् भन्ने उद्देश्यसहित उनले यो अभियानको सुरुवात गरेको बताए ।

मानिसहरु धेरैजसो भन्ने गर्छन् भगवानको नजरमा सबै बराबर – को धनी को गरिब ।

जोनी मिलरले ड्रोनमार्फत जब असमानताका केही तस्बिर खिचे तब उनलाई थाहा भयो कि धनी र गरिबबीचको खाडल निकै गहिरो छ । यी दुईबीच निकै असमानता भएको जोनी मिलर बताउँछन् ।

दक्षिण अफ्रिकाको केपटाउनको वुकुजेनजेले इलाका

दक्षिण अफ्रिकाका मिलर भन्छन्, ‘जब तपाईं केपटाउनमा आफ्नो कदम राख्नुहुन्छ तब तपाईंले आफूलाई झुपडीले घेरिएको पाउनुहुनेछ ।’

मेक्सिको शहरको सेन्टा फी इलाका

‘एयरपोर्टको चारैतिर टीनले बनाइएको बस्ती छ । तपाईंलाई दोस्रो इलाका अर्थात् मजस्ता विशेषाधिकार प्राप्त मानिसहरु बस्ने समृद्ध इलाका पुग्न १० मिनेट लाग्छ,’ उनले भने ।

भारतको मुम्बई शहर

‘बराक ओबामा जस्तै मेरो पनि मान्यता यो छ कि असमानता बुझ्नु यो पीढिका लागि सबैभन्दा ठूलो चुनौती हो ।’

भारतको मुम्बई शहर

ड्रोनमार्फत खिचिएको यी तस्बिरमा दुई इलाका बाँडिएको देख्न सकिन्छ ।

दक्षिण अफ्रिकाको डरबन शहरको पापवा सिगोलम गल्फ कोर्स

सडकको एकतर्फ गरिबको घर छ भने अर्कोतर्फ धनीका आलिशान बंगलालाई निकै सजिलै चिन्न सकिन्छ ।

मेक्सिको शहरको इक्सट्पलूका

ड्रोन फोटोग्राफीका लागि उत्कृष्ट स्थान छनोटपूर्व मिलरले अत्यधिक अनुसन्धान गर्नुपर्यो । उनी भन्छन्, ‘थुप्रै माध्यममार्फत मैले ती स्थानको पहिचान गरें । यसमा जनगणनाको आँकडा, नक्सा, समाचार र मानिसहरुसँगको कुराकानीले निकै सहयोग गर्यो ।

जोहान्सबर्गको टेम्बिसा इलाका

‘फोटोग्राफीका लागि मैले स्थान पहिचान गरेपछि गुगल अर्थबाट ती स्थानलाई हेरें । आकाशबाट फोटो खिच्नका लागि मैले एयर ल, एयर सेफ्टी, आफ्नै सुरक्षा, ब्याट्री लाइफ, रेन्ज, मौसम, एंगललगायतका विभिन्न कुरामा ध्यान दिनुपर्यो ।’

केपटाउनको मासिफुमेलेलेको लेक मिशेल

पिटरमेरिट्सबर्गको ओटोस ब्लफ इलाका

जोहान्सबर्गको ब्लाओबोसरेन्डको सेन्ड्स

 

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares