विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

धनगढी बन्द अाज पनि, दुई तिहाईको दम्भमा निरंकुशतन्त्र लाद्न खोजेको आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी। प्रदेश नम्बर ७ को राजधानी धनगढीबाट सार्ने निर्णय भएकोमा आन्दोलनरत धनगढीबासीले आह्वान गरेको बन्द आज पनि जारी छ ।

बुधबार प्रदेशसभाले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका सार्ने प्रस्ताव गरेदेखि नै धनगढीवासी आन्दोलित भएका हुन् । हिजो बसेको प्रदेशसभा बैठकले राजधानी गोदाबरी नै रहने गरी दुई तिहाई बहुमतले पास गरेपछि धनगढीका जनता झनै आक्रोशित बनेका छन् । स्थानीय संघर्ष समितिका संयोजक हरि रेग्मीले दुई तिहाइको बलमा निरंकुश तन्त्र लाद्न खोजेको भन्दै बन्द आह्वान गरिएको बताए ।

[highlight]

यसअघि हिजो भएको प्रदेशसभा बैठकमा विपक्षी दलको बहिस्कारका बीच बैठकमा नाम र राजधानीबारे सुझाव पेश गर्न गठित विशेष समितिका संयोजक तारालामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी राखेको प्रस्ताव दुई तिहाईले स्वीकृत गरेको हो ।

[/highlight]

स्वीकृत भएको प्रतिवदेन अनुसार स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको व्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो ।

प्रदेश सरकार र सत्तापक्षले संविधानअनुसार प्रदेशबासीको चाहना पूरा गर्न सकिएको भन्दै खुसी व्यक्त गरेको छ । यसअघि दुई तिहाई बहुमतले नामाकरण र राजधानी टुङ्ग्याउने निश्चित भएपछि नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सदस्यले प्रदेशसभाको बैठक वहिष्कार गरेका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...