Monday, October 26, 2020

आज असार पन्ध्र ,दही चिउरा खाने दिन र यसकाे इतिहास

काठमाडौ १५ असार- आज असार पन्ध्र ,दही चिउरा खाने दिन । साथै नेपालमा आजकै दिनलाई धान दिवसको रुपमा पनि मनाउने गरिन्छ ।

राष्ट्रिय धान दिवस शुक्रवार विभिन्न कार्यक्रम गरी मनाईदै छ । नेपालले २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ ।

यस वर्ष धान दिवस  मनाइँदैछ ।

किसानहरुको मेहनतले मानो रोपेर मुरी फलाउने दिनको रुपमा यो दिनलाइृ लिइन्छ । असारमा धान रोपेर किसानहरुले मंसिरमा अन्न भित्रयाउने गर्दछन ।

आज विभिन्न ठाँउहरुमा दिवसको अवसर पारेर रोपाई गर्ने पनि गरिन्छ । किसानहरुले बाजागाजाका साथ रोपाईको रौनक दिन खेतमै बेठी लगाउने गर्दछन । यही मौकामा एकआपसमा हिलो छ्यापेर पनि रोपाईको मज्जा लिन सकिन्छ ।

मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ ।

 

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares