विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दल बहादुर शाहीकाे मन छुने गजल “गरिबी”

  • 272
  •  
  •  
  •  
  •  
  •  
  •  
    272
    Shares

भकारीमा अन्नको दानो थिएन हजुर।
ओत लाग्ने घरको छानो थिएन हजुर।

आमा भन्नु हुन्थ्यो म जन्मिँदाको दिन
जाउलो पकाउने मानो थिएन हजुर।।

दशैँ तिहार नयाँ लुगाको लागी रुन्थे रे
घरमा खाने जिरो जुवानो थिएन हजुर।।

भरी जवानीमै श्रीमान गुमाउनु भयो
मन भित्र त्यो चोट सानो थिएन हजुर।।

कैयौं छाक त भोक -भोकै सुत्नु भएछ
यो गरिबलाई कुनै पुरानो थिएन हजुर।।

मलाई सुनाउनु हुन्थ्यो दुख भरी कहानी
भक्कानि आँखा ओभानो थिएन हजुर।।

 

दल बहादुर शाही
हेलो खार्पूनाथ गाउपालिका हुम्ला कर्णाली
हाल कैलाली


  • 272
  •  
  •  
  •  
  •  
  •  
  •  
    272
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time