20 C
Los Angeles
Thursday, June 8, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

विस्फोटक पदार्थ र कटुवा पेस्तोलसहित दुई जना पक्राउ

क्राइमविस्फोटक पदार्थ र कटुवा पेस्तोलसहित दुई जना पक्राउ

चितवन ११ मंसिर 

निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्न ल्याइएका विस्फोटक पदार्थ र कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीको मजदुर फ्याक्सन इञ्चार्ज पूर्वेली कान्छा र पूर्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुलाई आइतबार भरतपुरको गोन्द्राङबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेको साथबाट कटुवा पेस्तोल एक, पेस्तोलमा लाग्ने कार्टिज एक, आलु बम १०, अखिल नेपाल क्रान्तिकारी टे«ड युनियनको चन्दा रसिद एक ठेली, पुरन राईको नाममा रहेको ३० हजारको चेक र नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित पुस्तक एक थान बरामद गरिएको छ ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

930Views

Check out our other content

Check out other tags:

Most Popular Articles