विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

‘टिक टक’माथि प्रतिबन्ध लगाउन अदालतकाे आदेश

  • 2.5K
  • 9
  •  
  •  
  •  
  •  
  •  
    2.6K
    Shares

काठमाडौं । पछिल्लो समय सर्वाधिक चर्चा बटुल्न सफल भिडियो सेयरिङ एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन अदालतले आदेश दिएको छ ।

‘टिक टक’ स्मार्टफोन प्रयोगकर्तामाझ ‘कुलत’को कारण बनिरहेको भन्दै अदालते प्रतिबन्ध लगाउन सरकारका नाममा आदेश जारी गरेको हो । भारतको मद्रास उच्च अदालतले उक्त एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको छ ।

मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।

अदालतले टिक टकजस्ता मोबाइल एपमा पोर्न सामग्री उपलब्ध भएको उल्लेख गर्दै यस्ता सामग्रीबाट बालबालिकाहरुमा नराम्रो असर परिरहेको पनि उल्लेख गरेको छ । चाइना मेड यो एपका भारतमा मात्रै ११ करोड ४४ लाख प्रयोगकर्ता रहेको इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा लेखेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 2.5K
  • 9
  •  
  •  
  •  
  •  
  •  
    2.6K
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time