17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

अज्ञात रोगले एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

जीवनशैली/स्वास्थ्यअज्ञात रोगले एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

रुकुम, १ भदौ ।

जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० बढी स्थानीयवासी बिरामी परेका छन् ।

हप्ता दिनयता उनीहरु धमाधम बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन् । टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी दिनुभयो ।
“भिन्नभिन्न खालका बिरामी दैनिकरुपमा बढ्दै गएका छन्,” उहाँले भन्नुभयो । बिरामीको अवस्था चिन्ताजनक रहेको छ । स्यालाखदी स्वास्थ्य चौकीमा सामान्य औषधि समेत नरहेको बुढाथोकीले बताउनुभयो । हालसम्म उक्त प्रकोपबारे पत्ता लाग्न सकेको छैन ।
हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट दुईजना स्वास्थ्यकर्मी औषधिसहित त्यसतर्फ पठाएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । एक÷एक जना स्वास्थ्य सहायक र अहेव भरियासहित औषधि लगेर गएका छन् ।
“तत्काल नियन्त्रणमा ल्याउन नसके महामारी फैलने होकी भन्ने चिन्ता छ,” नगर प्रमुख केसीेले भन्नुभयो । टोली आज साँझसम्म खदी पुग्ने बताइएको छ । रासस 

3.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles