20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

सोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने

भ्रष्टाचारसोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने

चितवन, २६ कात्तिक

नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भनिए पनि उच्च सवारी चापका कारण सोमबारदेखि मात्र भित्तो काट्ने काम गरिने भएको छ ।

सो सडकको सेतीदोभानमा ठूलो ढुंगा झर्ने अवस्थामा पुगेपछि शनिबार बिहान १० बजेदेखि राति ९ः ३० बजेसम्म सवारी रोकेर ढुंगो खसाल्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार झण्डै ३० घनमिटरको उक्त ढुंगा फोर्न कठिन भएपछि शनिबार रातिदेखि एकतर्फी मात्र सवारी सञ्चालनमा आएका छन् ।
दिनभरको सवारी चापका कारण आजदेखि भित्तो काट्ने काम कठिन भएको उहाँले बताउनुभयो । सो ढुंगा फोरेर दुईतर्फी सवारी आवागमन गराइएपछि मात्र भित्तो काट्ने काम शुरु गरिने बताइएको छ ।

आज दिनभरमा ब्रेकरले ढुंगा फोरेर सडक दुईतर्फी सञ्चालन गर्ने योजना छ । सोमबारदेखि सवारी रोक्दै भित्तो काट्दै गरिने उहाँले बताउनुभयो । वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो ।

गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँंदै आएको थियो । त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ । सोअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, बिहान ११ देखि मध्याह्न १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति गरिएको छ ।

675Views

Check out our other content

Check out other tags:

Most Popular Articles