19.1 C
Los Angeles
Thursday, June 8, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

‘वाम गठबन्धन सत्ताका लागि मात्रै’

भ्रष्टाचार‘वाम गठबन्धन सत्ताका लागि मात्रै’

गोरखा, २७ कात्तिक

नयाँ शक्ति पार्टीका संयोजक तथा लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार डा बाबुराम भट्टराईले वाम गठबन्धन सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ ।

स्थानीय च्याङ्लीमा आज आयोजित चुनावी कार्यक्रममा भट्टराईले भन्नुभयो, “भ्रम छरेर चुनाव जित्ने दाउ र सत्ताका लागि वाम गठबन्धन बनाएका हुन् ।”

अब देशमा राजनीतिक मुद्दा करिब सकिएको बताउँदै आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान जानुपर्नेमा डा भट्टराईले जोड दिनुभयो । आफू अर्थमन्त्री र प्रधानमन्त्री रहँदा गोरखामा विकास, निर्माणका केही जग राखेको भन्दै उहाँले सो पूरा गर्न जनताबाट फेरि एक पटक निर्वाचित गराउनुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको लडाइँ आर्थिक समृद्धिका लागि हो ।”

690Views

Check out our other content

Check out other tags:

Most Popular Articles