20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

लागुपदार्थ कारोवारी र ज्यान मार्ने अभियुक्त पक्राउ

समाचारअन्तर्राष्ट्रियलागुपदार्थ कारोवारी र ज्यान मार्ने अभियुक्त पक्राउ

जनकपुरधाम, १७ कात्तिक 

लागुपदार्थ बेचबिखन गर्ने एक भारतीयलाई धनुषा जिल्ला प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले भारतीय सीमाबाट नेपालतर्फ ठूलो मात्रामा लागुपदार्थ ल्याउँदै गरेका भारत मधुवनी जिल्ला हरलाखी ग्राम पञ्चायत इटहर्वा वडा नं १ का २४ वर्षीय अन्सारूल राइनलाई पक्राउ गरी यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।

प्रहरी नायब उपरीक्षक प्रवीण धितालका अनुसार धनुषा जिल्ला धनौजी–४ बाट राइनलाई प्रतिबन्धित नाइट्रोभेट नामक ५०० पत्ता लागुपदार्थसहित पक्राउ गरिएको हो ।त्यस्तै तराई राष्ट्र जनतान्त्रिक पार्टीका सैन्य कमान्डर बताउने कमला नगरपालिका वडा नं ७ का ३२ वर्षीय विजय यादवलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले सीमा नजिक जाँच गर्ने क्रममा यादवलाई पक्राउ गरेको बताइएको छ । यादव सिरहाको मिर्चैयामा माओवादी नेता लालु खानलाई गोली हानी घाइते बनाएको ज्यान मार्ने उद्योग तथा संगठित अपराधमा संलग्न रहेको जनाइएको छ ।

कार्यालयका अनुसार छ महिनामा सो भूमिगत समूहका चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला ठाडीझिजा गाविस वडा नं ४ का ३५ वर्षीय प्रमोद ठाकुर तथा कमला नगरपालिका वडा नं २४ वर्षीय विष्णुदेव सहनी, वडा नं ७ का ३६ वर्षीय दीपकुमार महतो र २० वर्षीय छोटकन ठाकुर छन् ।

945Views

Check out our other content

Check out other tags:

Most Popular Articles