0
Share
काठमाडौं, ७ मंसिर
रामेछाप, मन्थली नगरपालिका–१ घर भई काठमाडौं गोठाटार बस्ने २७ बर्षीय विनोद खत्रीलाई नियन्त्रित लागुऔषध डाईजेपाम १३४ एम्पुल, बुप्रेनोर्फिन ९८ एम्पुल र फेनागरगन १५४ एम्पुलसहित बुधबार प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका–३ गोठाटार बागमतीपुल नजिकैबाट झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागुऔषधसहित खत्रीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
630Views