17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

म्यानपावरको ठगीले साउदी अरबमा सत्र युवा अलपत्र

भ्रष्टाचारम्यानपावरको ठगीले साउदी अरबमा सत्र युवा अलपत्र

गाईघाट (उदयपुर), ७ असार ।

केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पु¥याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् ।
काठमाडाँैको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट यहाँका मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन साता अघि साउदीमा पुगेका १७ जना युवा अहिले बिचल्लीमा परेको एक पीडित युवाका दाजु होमराज राईले जानकारी दिएका छन् ।
साउदीमा बिचल्ली हुनेहरुमा उदयपुरका गोविन्द खड्का, होमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्र बस्नेत, तेजबहादुर कटुवाल, वसन्त राई, दुर्गानारायण श्रेष्ठ, तेजबहादुर कटुवाल, उमेश खड्का, युवराज कार्की, सोभित राई, तोपबहादुर मगर, मोहन राई, मनोज राई, मातृका घिमिरे सहितका युवा रहेका पीडितका आफन्तले बताए ।
प्रतिव्यक्ति रु एक लाखका दरले रकम लिएर युवालाई गाईघाटका म्यानपावर सञ्चालक लिम्बू दम्पतीले काठमाडाँैको मुख्य म्यानपावर साउनलाइन्स मार्फत साउदी पठाएपनि साउदी पुगेका युवाले सम्झौताअनुसार काम नपाएको र अहिले बिजोग अवस्थामा होटलमा बस्नु परिरहेको राजन कार्कीका दाजु सरोज कार्कीले जानकारी दिनुभयो ।
म्यानपावर सञ्चालक लिम्बूद्वय भने सम्पर्कविहीन अवस्थामा रहेको पनि पीडितका आफन्तहरुले बताएका छन् । रासस

5.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles